गायक कुवेर राइ

केहि वर्ष पहिले धीरज राई र कुवेर राईलाई एक अर्कासाग तुलना गर्दै 'इतिहास जित्नेहरुका लागि' भन्ने वृत्तचित्र निर्माण गरिएको थियो । स्थानीय रुपमा त्यसको प्रदर्शन हुदाँ म पनि गएको थिए हेर्न भनेर । छोटो तर मर्मस्पर्शी थियो त्यो । चाकडी र चाप्लुुसी नरुचाई आफ्नै घरखेत गर्दै आजर, अमर गीत सृजना गर्ने कुवेर राई एकातर्फ थिए भने आफुलाई जुनसुकै रुपमा भए पनि मिडिया सामु ल्याउन कसरत गर्ने धीरज राई अर्कोतर्फ । साच्चै मर्मस्पर्शी दृश्यहरु थिए त्याहा । पुरानो उमेर पुग्न लागेको हार्मोनियम मा हात चलाउदै गीत गाएका कुवेर राईलाई देख्दा दुःख लाग्थ्यो । आफ्नो खेतमा कोदालेा चलाउदा चलाउदा स्वरुप विगि्रएका हातहरु लिएका जब उनी हार्मोनियम समात्न पुग्थे तब उनको स्वर, सुर अनि ताल साच्चै नै मनमोहक लाग्दथ्यो । उता धीरज राई भने हल्का फुल्का तथा अल्लारे गीतहरु लिएर 'माइकल ज्याक्सन' बन्न पुग्थे । चार पााच जना युवा मोडेलहरु र एउटा तरुनीलाई बीचमा राखेर 'लुकी लुकी ' भन्दै कम्मर हल्लाउन खप्पीस धीरज साच्चै आफु अघि बढ्न जेसुकै वा जस्तो सुकै भए पनि कसरत गर्न पछि पदैन्थे ।

दुःखको कुरो त के हो भने आज धीरज दिनदिनै प्रगतिको शिखर चढदैछन् भने कुवेर राई विलिन हुदैछन । व्यक्तिगत सोच र जिन्दगी जिउने शैलीका कारण तल माथि परेका यी कलाकारहरुलाई देख्दा हरेश खान्छ मन् । कृति र सृजना भन्दा चर्चा ठूलो कुरो हो भन्ने छाप बसिसकेको छ आजभोली । आधुनिकता, फेसन अनि विज्ञापनको आजको समयमा कसलाई हरेक कुरो सुन्न र निरिक्षण गनै फुसर्द हुन्छ ? कुवेर राईका ती गीतहरु उनीसागै मेटिए भने स्रष्टा र सृजनाको अवहेलना त हुन्छ ,ै साँचो रुपमा संगीत गनैहरुको मनोबल पनि घट्न सक्छ । अझ धीरज राइले खुला रुपमा गायक बन्न २ लाख रुपैया नभए हुदैन भन्दै हिडादा कुनचाहि सर्जक लाइ घत नपर्ला र ?

हाम्रो देशमा मात्र यस्तो उदाहरणहरु भेटिन्छन भन्ने तपाई सोच्नु हुन्छ भने सिधै गलत ठहरिनेछ त सोचाई तपाईहरुको । यो प्रकृति त विश्वव्यापी छ । बाहिरबाट कुनै पनि क्षेत्रलाई नियाल्दा देखा नपरेपनि त्यसै क्षेत्रमा लाग्दै जादाा उतार चढावहरु सहजै आखाासामु आइपर्छन् ।शायद म संगीतप्रति यति धेरै सजग नभएको भए कुवेर राई र धीरज राईमा केही फरक पाउने थिइन हेाला । साधारण मानिसका आाखामा धीरज र कुवेरमा विज्ञापन वा चाकडीको मात्र अन्तर होला भन्ने पर्न सक्छ, तर एउटा सही संगीतकारलाई यी दुइवीचको सृजना अनि संवेदनशीलताको अन्तर छ्याङ्गै थाहा हुन्छ ।

भारतमा संगीत सिक्न जादा म पनि वाहिरी रुपमा चर्चित हस्तीहरु नै सर्वश्रेष्ठ हुन भन्ने सोच्दथे । ज्ााकीर हुसैन, रवि शंकर बाहेक अरु कोही प्रभावशाली छैनन् होला भन्ने लाग्थ्यो । यदि कोही अझ ज्ञानी वा विद्वान हुन्थे भने त चर्चामा पनि अवश्य आउथे होला नी जस्तो लाग्थ्यो मलाई । तर अफसोच कति गलत थिए म । चर्चाले मानिसलाई सफलता दिलाए पनि साँच्चै महान र सफल संगीतकारहरु चर्चामा आउँछन् नै भन्ने पनि केही रहेनछ । भारतमा रहादा यस्ता कयौ हस्तीहरुको ज्ञान भयो मलाई । मेरा आफ्नै गुरु आज जति चर्चित हुनुपर्ने हो त्यति हुनुहुन्न । वाद्य कौशलता हेर्ने हो भने उहााको दश भागको एक भागपनि कोही देेख्दिन । २-३ घण्टा रियाज गर्ने परम्परा रहेको भारतमा १२-१३ घण्टा अनवरत रियाज गर्ने मेरा गुरुलाई देख्दा आफ्नो मेहनत त मिथ्या लाग्छ ।

यस्ता प्रसङ्गहरुबारे जिज्ञासा राख्दा एक दिन गुरुले भन्नुभयो 'हेर चर्चा र महानता दुइवटा फरक फरक प्रसंग हुन । पहिला कुरो त संगीतमा यो भन्दा त्यो राम्रो भन्न गाह्रै हुन्छ । फेरि भावानात्मक क्षेत्र भएकाले सृजना हरुलाई एक अर्को साग सहजै दाज्न पनि त सकिन्दैन । कसैलाई एउटा संगीतकार

मनपर्छ भने कसैलाई अर्को । अब यो राम्रो या त्यो राम्रो भनेर वहस गर्न पनि बेकार छ । संगीत बुझ्ने मानिस नै कति हुन्छन र ? मिहिनेत जति गर्‍यो कृतिहरु त्यति नै गहन हुन्छन तर त्यो मिहिनेतलाई विश्लेषण गर्न सक्ने संख्या धेरै न्युन हुने हुनाले मिहीनेत गर्नेले धेरै चर्चा बटुलेको नहुन सक्छ । फेरी मिहिनेत अत्याधिक गर्नेलाई एक किसिमको अहम् पनि हुन्छ । आफ्नो वर्षौको लगानीका लागी सहजै हात कसैसाग हात फैलाउन चाहदैनन उनीहरु, फलस्वरुप एक्लोपनाले घेर्दै जान्छ । त्यसमाथी पनि कठोर साधना गर्नेहरु आफैमा हराउछन र चलन चल्ती या फेसन प्रति आवद्ध हुन चाहदैनन् । कतिपय त ज्ञानको कुनै पराकाष्ठा नहुनाले कुनैपनि क्षेत्रमा लाग्न मिथ्या हो भन्दै हराउन पनि सक्छन ।'

साँच्चै कति शिक्षाप्रद छन् गुरुका यी पंक्तिहरु । चर्चा नै सबथोक हैन रहेछ भन्ने कुरोले मलाइ पनि धेरै संवेदनशील बनायो । चर्चामा नआएपनि अजर, अमर संगीतकारहरु पहिले पनि थुप्रै थिए र आज पनि छन । केही यस्तै संगीतकारहरुकाबारे आगामी पंक्तिहरुमा लेख्ने बाचा गर्दछु ।

Author: -रोशन शर्माwww.roshanguitar.com

 
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free