नयाँ राष्ट्रिय गान!


ein Bild

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल।


ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।


बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।


राष्टि्यगानका रचनाकार व्याकुल माइलाको परिचय

पूरा नाम : प्रदीप कुमार राई
उपनाम : व्याकुल माइला/माहिंला
जन्म मिति : २०२९ साल चैत २५ गते
स्थान : थाक्ले-८ हिलेपानी,ओखलढुङ्‍गा
आमा : स्वर्गीय धनलक्ष्मी राई
बुबा : मास्टर मानबहादुर राई
दाजु-भाइ : एक दाजु र एक भाइदिदी
एक मातृभाषा : वाम्बुले राई
वैवाहिक स्थिति : अविवाहित
शिक्षा : कानुनशास्त्र स्नातक तथा जनप्रशासन
(एमपीए) अध्ययनरत
पेशा :कानुनी सेवा (अधिवक्ता)
साहित्यिक लेखन थालनी : २०४६ साल
पहिलो प्रकाशित रचना : कविता (नेपाली भाषामा)
समीक्षा साप्ताहिक, २०४८
प्रकाशित रचना : कविता, गीत, गजल, लेख, निबन्ध
(नेपाली र वाम्बुले राई भाषामा)
प्रकाशित माध्यम : मधुपर्क,गरिमा, समष्टि, मिर्मिरे,
कविता (ने.प्र.प्र.),नव , 'स्रष्टा'(कालेबुङ), 'बिन्दू'
(असम), 'लिब्जु (भुम्जु', कान्तिपुर, गोरखापत्र,
स्पेसटाइम, राजधानी, गोरखापत्र आदि ।
प्रकाशित कृति : १) नेपाली गीत
संग्रह(२०५९(दुई सय स्रष्टाका गीतिसंगालो सम्पादन)
सम्पादन संलग्नता : १) 'बरभञ्ज्याङ्ग' चौमासिक
गोजिका२) 'मानव अधिकार आवाज'३) 'लिब्जु-भुम्जु'
त्रिभाषीय त्रैमासिक (वाम्बुले राई भाषा, साहित्य र
संस्कृति प्रधान पत्रिका)४) 'कौशिकी' साहित्यिक पत्रिका
५) 'आदिवासी विद्यार्थी आवाज'
संस्थापक सदस्य : १)मानव अधिकारवादी युवा कानून
व्यवसाय केन्द्र(ह्‍युरिन्पेक)
२) आदिवासी मानव अधिकार सरोकार केन्द्र, काठमाडौं ।
३) कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौं ।४) काठमाडौं
जिल्ला नेपाल बार एसोसियसन, साधारण सदस्य


http://hasnadeu.page.tl

 
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free