Prashanta.

 
ein Bild Prasanta Tamang
Author: -रोशन शर्मा
आखिर त्यही भयो जुन कुराको सम्पूर्ण नेपालीलाई कैयौं दिन, हप्तामात्र नभइ महिनौंदेखि प्रतिक्षा थियो । एउटा नेपालीको छोरोले भारतको सर्वोत्कृष्ट गायकको उपाधी पाउनु आफैमा कुनै साधारण कुरो पनि त होइन । वितेको दुई दिन सम्पूर्ण देशभर हर्षोल्लास छायो । राजनैतिक अस्थिरता र अशान्तिको चापमा वर्षौं पेलिएका नेपालीलाई यति धेरै प्रशन्न र उत्साहित नदेखेको झण्डै एक दशकभन्दा बढी भइसकेको थियो । थाल ठटाउने, नाचगान गर्ने अनि राति २ बजे निद्रालाई ओछ्यानमै छोड्दै नारा र जुलुस लाएर हिाड्ने हरेक नेपालीलाई मूरी मूरी धन्यवाद ।

प्रशान्तलाई भइराखेको आर्थिक सहयोगप्रति मेरो धेरै समर्थन नभए पनि उनको विजयप्रति भने म आश्वस्त थिए । भारतीयहरुले सााच्चै उनको थर, जात या धर्म हेरेनन् । अहिलेसम्म कै सर्वाधिक मत पाउने प्रशान्त इण्डियन आइडल हुादाको समयमा जति चर्चा भयो, सायद त्यति चर्चो कुनै इण्डियन आइडलको पहिले भएको थियो न त पछि नै हुनेछ । सात करोड भोटको ६५ प्रतिशत मत पाउन सफल प्रशान्तलाई जिताउन लागिपरेका नेपाली अनि भारतीयहरुको आट, विश्वास र दृढ आत्मबलप्रति नतमस्तक हुन उनका प्रतिद्वन्दी र विरोधीहरुलाई करै लाग्यो । २३ सितम्बरको रात प्रशान्तलाई टेलिभिजनको पर्दामा देख्दा उनको विजयको सााचो अरु केही नभइ अर्को नम्र व्यवहार, भद्र बोली र अचल आत्मबल नै हो भन्ने स्पष्ट हुन्थ्यो । उनले प्रतियोगिताभरि कहिं पनि आफू विजयी नै हुन्छु भन्ने जताएनन् । इण्डियन आइडलकै इतिहासमा एकपल्ट पनि 'बटम थ्री'मा नपुगेका प्रशान्तलाई कहिं पनि धेरै उत्साहित या उदासिन देख्न परेन । निणर्ायकहरुको जस्तोसुकै मिठो या तितो प्रतिक्रियाप्रति अप्रभावित भएर गाइराख्ने प्रशान्त आफू विजयी नै हुनुपर्छ भन्ने सोच पनि बनाएका थिएनन् । प्रशान्तको व्यवहार यथार्थमा कस्तो थियो भन्ने कुरो उनले आफ्नो प्रतियोगि अमितप्रति जितिसकेपछि दर्शाएको सौहाद्रता अनि आफ्नोपनले छर्लङ्गै हुन्थ्यो । रत्तिभर घमण्ड नभएका प्रशान्तको आचरण सााच्चै यति अनुकरणीय छ कि उनले आफ्नो विजयको ट्रफि आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्दी अमितसाग बाड्न रत्तिभर पनि संकोच मानेनन् ।

नेपालीहरुलाई जहिले पनि 'गोर्खे' र 'बहादुर' भनेर गिज्याउने भारतीयहरुलाई उनले गोर्खेकै गीत गाएर र ढाका टोपी लाएर सलाम गरे । आफ्नो नेपालीपन र भारतको भारतीय नागरिकको तालमेल मिलाउन खप्पिस प्रशान्तले कहिं पनि कतै पनि कसैको चित्त दुखाउन चाहेनन् । नेपालबाट भारत पसेका करोडौं रूपैयााले सम्पूण सार्थकता नपाए पनि धेरै हदसम्म उपयोग भएभै+m लाग्थ्यो । प्रशान्तको जितसागै अब धेरै सम्भावनाहरु जहिंतहिं देखिन थालेका छन् । भारतको निष्पक्ष मतगणनाले अब नेपालीहरुले पनि आफूलाई अन्तर्राष्ट्रियकरण गर्न सक्छन् भन्ने विश्वास जागेको छ । प्रशान्तले ल्याएको सांगितिक बाढीमा अबका धेरै युवाहरु बग्न तम्तयार देखिन्छन् । संगीतप्रतिको दृष्टिकोण फेरिएको छ । संगीतको शान्तिको अब सबैलाई अड्कल हुादै गएको छ । जन्मिनासाथ 'डाक्टर' र 'इञ्जिनियर'को ट्याग लगाइदिने आमाबाबुलाई आफ्नो छोराछोरीलाई संगीतमै लगाएर प्रशान्त नै बनाउने हो कि भन्ने लाग्न थालेको छ । प्रशान्तको विजयसागै नेपाल भारत सम्बन्ध पनि धेरै सुदृढ हुने देखिन्छ । आम भारतीयको दृष्टिकोणमा नेपालीहरुको फेरिएको रूपले सााच्चै नै नेपालीहरुको लागि हितकर कुराहरु अगाडि ल्याएको छ । विरोध, द्वन्द्व र आक्रमक भइराख्ने नेपाली भारतीय सम्बन्धमा अब मित्रता, सौहाद्रता र आत्मीयता देखिनसक्छ । प्रशान्तलाई राखी बानेर विजय पथमा अगाडि बढाउने अंकिताको अभियानलाई अंकिताजस्तै हजारौं भारतीय नारीहरुले सहयोग गरेको देख्दा भावनाको सम्बन्धभन्दा ठूलो केही होइन भन्ने प्रष्ट हुन्छ । प्रशान्तको विजय भयो, एकदमै राम्रो भयो । तर, प्रशान्तको विजयसागै आम नेपालीलाई अझ बढी जिम्मेवारीको बोध हुनुपर्छ ।

भारत र नेपालको वर्षौं पुरानो द्वन्द्वलाई बारम्बार कोट्याइरहने काम चाहिं त्यति उचित हो जस्तो लाग्दैन । प्रशान्तलाई मोहरा बनाएर जहिातहिा 'भारतले हार्‍यो, नेपाले जित्यो' भन्ने सम्पूर्ण प्रशान्तप्रेमीहरुलाई म भारतको सहयोगविना प्रशान्त एक नम्बर हुनु असम्भव थियो भन्ने स्मरण गराउन चाहन्छु । प्रशान्तको विजयसागै हामीले हाम्रो स्रष्टाहरुलाई सम्मान गर्न पनि सिक्नुपर्छ । अब कुनै कोइलीदेवीले बसोबासका लागि भौतारिनु नपरोस्, कुनै गोपाल भुटानीले सहयोगको लागि मृत्यु शैय्यामा कुर्न नपरोस्, कुनै इण्डियन आइडललाई सम्मान गरेजस्तै हाम्रो आफ्नै नेपाली तारालाई पनि आदर गर्न सकियोस्, कुनै नया स्रष्टाले संघर्षरत भई भौतारिन नपरोस्, हरेक गाउा-गाउा र शहर-शहरमा नयाा-नयाा प्रशान्तको जन्म होस् र प्रशान्तकै जस्तै 'कर्म गर फलको आश नगर' भन्ने प्रवृत्ति सबैमो विकास होस् ।
Source: Hamro Pusta Weekly

 

http://hasnadeu.page.tl

 

 
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free