Nepali news

 
खम्बू, लिम्बूभन्दा पनि समग्र किराती भएर अगाडि बढ्दा दिगो सम्बन्ध हुनसक्छ
२०२८ सालमा खोटाङ्ग जिल्लाको खतम्छा गाविसमा स्वर्गीय अगमणी राई र जलनमाया राईका जेठा छोरा मुगाधन राई लामो समयदेखि शिक्षण पेसामा आवद्ध हुनुहुन्छ । २०३८ सालमा ओखलढुङ्गाको टिमुखोटे काण्डमा शहीद हुनुभएका स्वर्गीय बुबा अगमणीका छोराका ेहैसियतले अहिलेसम्म कुनै पार्टीमा नलागिकन राईहरुको जातीय संस्था किरात राई यायोख्खाको ०५६ सालदेखि निमित्त अध्यक्ष पद सम्हाल्दै आउनुभएको छ । त्यस अलावा विभिन्न शैक्षिक संस्थामा आवद्ध हुादै आउनु भए पनि धरानस्थित मेरिल्याण्ड बोर्डिङ्गका प्रधानाध्यापक भएर विद्यालय सञ्चालन गर्दै आउनुभएको छ । प्रस्तुत छ यायोख्खा अध्यक्ष राईसाग गरिएको कुराकानी संक्षेपः-

हाल निकै व्यस्त भएर के गर्दै हुनुहुन्छ ?
-मेरो मात्र २ वटा काम छ । एउटा राई जातिहरुको जातीय संस्था किरात राई यायोख्खा तथा आफ्नै स्कुलको काममा दिनचर्या काट्दै आएको छु । दुई तिरको कामले गर्दा केही व्यस्तजस्तो भएको हो । संस्थागतरूपमा अहिले यायोख्खामा संविधानसभामा जातीय सहभागिताका लागि राजनैतिक दलको जस्तै प्रशिक्षक दिादै आएकाले थप व्यस्तता बढेको हो ।

यायोख्खाले अहिले कुन तवरले काम गरिरहेको छ ?
-दोस्रो जनआन्दोलनपश्चात मुलुकमा नयाा परिवर्तन आयो । जनताले नयाा संविधान आवश्यक महशुस गरे । यसमाथि राजतन्त्रले जातीय समस्याहरुलाई जहिल्यै पनि तल पार्ने काम गरे । गोर्खा शासनको बेला हामीहरुलाई साह्रो परेको थियो, त्यसैबेला देखिको चाहना अहिले पूरा भएको छ । अहिले हामीले संघीय र गणतन्त्र राज्य चाहेका छौं । यसका लागि आन्दोलनमा लागेका पनि छौं ।

राजनैतिक दलहरुले जातीय संगठनहरुलाई अहिले प्रलोभन पारेर संगठन विस्तार गर्दै आएका छन् नी, के त्यस्ले फूट ल्याउँदैन ?
-विशेष पार्टी वा दलहरुले उठाएका सवालमा किरात अन्तर्गत राई, लिम्बू, याख्खा र सुनुवार यी चार जातीयलाई फरकरूपमा लान खोजिरहेका छन । अहिले विशेष रूपमा लिम्बुवान र खम्बुवान भनेर किराती जातिभित्र दुई जातिलाई छुट्याइएको छ । जनसंख्याको दृष्टिकोणले यसरी काम गरिएको होला तर नेपालमा यतिका जातजाति छन ती सबैलाई संगठित गराउन त स्पष्ट हुनुपर्‍यो नि ? याख्खा र सुनुवारलाई समेत राजनैतिक संगठनमा समावेश गरी किराती रूपमा एक जुट बनाउनु आवश्यकता देखेको छु । किनभने हामी हाम्रो अस्तित्व बचाउन भन्दा पनि देशका लागि र नेपाली जनताका लागि हित हुने काम गरेर अगाडि बढ्नुपर्दछ ।

तर अहिले लिम्बुवान र खम्बुवान प्रदेश भनेर खुङ्खार आन्दोलन गरिँदै छ नी ?
-यो आन्दोलन संघीय राज्य प्रणाली र गणतन्त्रमूलक घोषणाका लागि हो । तर, यहाा वान राज्य घोषणा गर्ने भनेर जातीय प्रतिस्पर्धा गराइादै छ । किरातभित्र राई, लिम्बू, याख्खा र सुनुवारलाई एकीकृत रूपमा मिलेर लानुपर्ने भनेर लागिरहेका छौं । नेपालमा खम्बु र लिम्बुवान भने पनि यस क्षेत्रको लागि परिवर्तन ल्याउन लागेका छन । पहिलो कुरा एक-एक जातिगत रूपमा आ-आफ्नो जिल्ला घोषणा विभाजन गर्नाले केही अन्यौल सिर्जना गरेको छ । यहाा जातीय संस्थाभित्र राजनैतिक हस्तक्षेप बढी भएको भान भएको छ ।

राईहरुको बाहुल्य रहेको धरानमा लिम्बूहरुको बढी प्रभाव देखिएको छ नि के तपाईंहरु कमजोर हुनुभएको हो ?
-हामी कमजोर भएका हैनौं, उहााहरुले १८३१ सालको आधारमा क्षेत्र निर्धारण गर्नुभएको हो । तत्कालीन समयमा शाहवंशी राजा पृथ्वीनारायण शाहले लिम्बूहरुको हातबाट शासन कब्जा गरेको आधार खडा गर्नुभएको छ । तर हामी त्यो मान्ने पक्षमा छैनौं । किनभने लिम्बूहरुको बाहुल्य रहनुअघि सो स्थानमा पहिले यलम्वर राईको राज्य थियो । यसलाई जति गम्भीररूपमा लिए पनि पुरानो कुरालाई लिएर पुरानो समयमा र्फकन मेरो विचारमा उचित नहोला । हामी अहिले २१ औं शताब्दिमा छौं । हामीले अहिलेको जनताको चेतना स्थिति र शासकको शैलीलाई मुल्याङ्कन गरेर अगाडि बढ्नुपर्छ । हाम्रो आफ्नो परिचय के हो त्यो महत्वपूर्ण भएता पनि नयाा परिपाटीसाग मिल्दोजुल्दो पुरानो परिपाटी नभएकाले स्थिति अनुरूप चले बेस होला । वर्तमान स्थितिलाई पहिले पहिचान गरौं अनि आफ्नो परिचय खोजौं त्यसपछिमात्र अन्य कुरा गर्दा बेस होला ।

जातीय हिसाबमा तपाईंहरु कमजोर भइकन नै मौन चै किन नी ?
-यहाानेर जातीय कुरा उठ्नु एकपछि अर्को राजनैतिक संगठनको स्वार्थ लुकेको देखेको छु मैले । राईहरुलाई संगठित गरेर खम्बुवानको कुरा गोपाल खम्बुले उठाउनुभएको हो । तर किरात राई यायोख्खाले त्यसरी हेरेको छैन । हामी लिम्बूभन्दा कमजोर छैनौं अनि राईभित्र पनि फूट चाहादैनौ । त्यसलाई कुनै संगठनको पछि लागेर टुक्रा-टुक्रा रूपमा विभाजन गरेर हेर्नुभन्दा पनि समग्र एकजुट भएको बुद्धिमानी ठहर्छ भन्ने मेरो धारणा हो । वर्तमान अवस्थासम्म राईहरु पनि एकजुट हुन नसकेको कारण कमजोर र सामान्य तवरले काम गरेको देखिएको हो ।हामीले पहिले देखि वचस्वको कुरा उठाएका छैनौ ।जातिय सवालमा राजनैतिक एजेण्डा वनाएकाले त्यस्तो लागेको हो । हामीले आफनो जातिलाई उत्थान गर्न राजनैतिक प्रभाव खोजेनौ ।तर अहिले चै हामी पनि राजनैतिक एजेण्डा लिएर आउका छौ ।पहिलेको अवस्थामा सोही कारण हामी कमजोर देखिएको भन्नु पर्छ ।

लिम्वुवान र खम्वुवान भनेर प्रदेश विभाजन गर्न लागिएको छ । यसले देशमा कस्तो परिवर्तन ल्याउला ?
-मैले अगाडि पनि भने राईहरु एकजुट हुन नसकेका कारण समानान्तर नदेखिएको थियो तर अहिले हामी एकजुट छौं । सामुहिक रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि गरिसकेकाले विभिन्न पार्टीहरुले जातीय संगठनभित्र आफ्नो भातृ संगठन बनाएका छन् । हाम्रो आवाजलाई संस्थागतरूपमा वृहत स्वायक्त प्रदेश हुनुपर्छ भनेर भनेका छौं तर जातीय हिसाबमा राई र लिम्बूलाई छुट्याउने हिसाबको कुरा चाहिं ठीक नहोला । लिम्बुवान भने पनि खम्बुवान भने पनि वासस्थान एकै जस्तो ठाउा भएकाले प्रदेश विभाजन गर्न केही अप्ठ्यारो छ । लिम्वु र खम्वु मात्र भनेमा एक्लो अवस्थामा एकदिन खुम्चनु पर्ने अवस्था आउन सक्छ ।त्यसकारण सवै जनजातहिरु एक भएर अगाडी वढदा वढि नै प्रभावकारी ठहर्छ जस्तो लाग्छ ।यहाँ हामीले आफु ,आफनो समाज सहित आफनो राष्ट्रका भविश्यको चिन्ता गर्ने समय हो ।

खम्बुवान र लिम्बुवान प्रदेश छुट्याइयो भने के गर्नुहुन्छ ?
-वर्षौं पहिलेको इतिहास हेर्दा नेपालको काठमाण्डौमा यलम्बरको शासन थियो । तर त्यपछिको शासन व्यवस्था बद्लिादै बद्लिादै गयो । भोलि पनि नेपालमा नयाा प्रणालीको शासन व्यवस्था आउला ती कुराहरु सबै राजनैतिक चलखेल हुन् । लिम्बूहरुको बाहुल्यताका आधारमा लिम्बुवान होला, लिम्बूहरुले पूर्वका ९ जिल्लामा आफ्नो दाबी गरेका छन् । त्यस्तै राईहरुको खम्बूहरुले पनि बाहुल्यताकै आधारमा १४ जिल्ला माग गरेका छन् । यो हिसाबमा त २३ जिल्ला हुनुपर्‍यो नि केही परिमार्जन हुनुपर्‍यो । त्यसपछि पनि फेरि जनताको इच्छा बुझ्नु जरुरी छ । प्रदेश छुट्याएर जातीय उत्थान भइहाल्ने अवस्था छैन राष्ट्रिय हितको स्वरूपमा अगाडि बढ्नुपर्‍यो । वृहतरूपमा विभाजन हुने भए जनमत संग्रह हुनुपर्छ । हामीले यो अवसरमा भविष्य हेरेर ऐतिहासिक रूपमा घोषणा गर्ने बेला हो यो । खम्बू, लिम्बूभन्दा पनि समग्र किराती भएर अगाडि बढ्दा दिगो सम्बन्ध हुनसक्छ ।

राईहरु सामाजिक काममा भन्दा साकेलामा मात्र सक्रिय देखिनु हुन्छ नि किनहोला ?
-होइन हामी त सामाजिक काममा पनि सक्रिय र क्रियाशील नै छौं । धरानका समग्र सबै किसिमका सामाजिक क्रियाकलापमा राईहरुको उत्तिकै सहभागिता छ । तर, यसअघि १९ वर्षसम्म राईहरुले आफ्नो भाषा, संस्कार सुदृढिकरण गर्न तिर लाग्यौ । पछिल्लो समयमा हाम्रो छैठौं राष्ट्रिय सम्मेलनबाट मात्र राजनैतिक रूपले लागेका हौं । सामाजिक काममा भन्दा हामीहरु राजनैतिक रूपले चाहिा पछि नै थियौं । तर अहिले हाम्रो ४ सय बढी संगठन नै राजनैतिक रूपमा सक्रिय छ ।

यायोख्खाले संविधानसभाको निर्वाचनका लाग कस्तो तयारी गर्दैछ ?
-समग्र किराती राईहरुको संस्था किरात राई यायोख्खाले संविधानसभा निर्वाचनमा आफ्नो प्रतिनिधित्व पाउनुपर्छ भन्ने माग सारेका छौं । हामीले सोही तयारीका लागि सबै स्थानमा प्रशीक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छौं । सुनसरी जिल्लामा मात्र २१ वटा प्रारम्भिक कार्य समितिमा यसका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेका छौं ।

३२ वर्ष लामो शिक्षक पेसा तथा यायोख्खाको लामो नेता हुनुहुन्छ दिक्क लागेको छैन ?
-मेरो कामको सुरुवात नै शिक्षण पेसा भएकाले दिक्क लाग्ने कुरै भएन । ५६ वर्षको उमेरसम्म आफूलाई अझै सक्रियरूपमा काम गर्नसक्छु भन्ने आाट छ । त्यस्तै सामाजिक संस्था भएकाले यायोख्खामा अर्को विकल्प नहुादासम्म म बस्नुपर्ने बाध्यता भयो । एक समय भूपू लाहुरेहरुमात्र चलाएको संस्थामा अहिले सबैकिसिमका समूहहरुको सहभागिता गराएको छु । अब नयाा कार्यकालका लागि नयाा अनुहार ल्याउने योजनामा छु ।

Source: Hamro Pusta Weekly
 




अस्मिता गुमाएको दिन

Author: -र्वषा लिम्बू
२०५८ साल माघ १० गते पाचथरको गोपेटार इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्ने क्रममा घाइते हुनु भएका नौ जना कमरेडलाई प्राथमिक उपचार गर्दै सुरक्षित स्थलतिर लाने सिलसिलामा त्यस रातको टार्जेट पोइन्टमा पुग्न नपाउादै बिहानीको उषा किरणले धर्तीलाई स्पर्श गर्न थाल्छ । हामी बाध्यतावश ह्वाकु गाजसको बगाले भन्ने ठाउामा सेन्टर लिन पुग्छौं । अन्धकारमय रातको हिंडाइ, बाटो अत्यन्तै अप्ठ्यारो स्वभावैले सबैको अनुहारमा थकान देखिने नै भयो । दिनमा पनि कोही बाह्य स्थिति बुझ्ने, कोही रासनपानी मिलाउने आदि कामले गर्दा कतिलाई आराम गर्ने समय मिल्यो कतिलाई मिलेन । जे होस्, हामी सबै सााझको पर्खाइमा हुन्छौ । त्यतिखेरै जिल्ला कार्यालयले जानकारी दिन्छ । पोखरीतिर दुश्मन आइसक्यो भन्ने छ, त्यसैले मुभको लागि चााडो तयारी हुने । हामी त्यही जानकारी अनुसार मुभको लागि छिटो-छिटो तयारी गर्दै थियौं । सााझ ५ बज्न मात्र लागेको के थियो । एक्कासि गोली पड्किन थाल्यो । यस्तो आकस्मिक भयो कि कसैले केही सोच्न सक्ने स्थिति नै थिएन । त्यसरी त्यो अवस्थामा अन्धाधुन्ध ढङ्गले घेरा तोड्ने सवालमा मलाई गोली लागेछ । गोली लागिसकेपश्चात जब केही होस् खुल्दै गइरहेको हुादोरहेछ सपना हो कि विपना आमा-आमा पानी भनिरहेको हुन्थें । सााच्चै विपना नै हो त ? के भो, कहाा छु, थाहा छैन आफैलाई ।

बम गोलाको धमकासागै आाखाहरु कानहरु खुल्दै जान्छ । देख्छु चारैतिर बम बारुदको कालो बादल यत्र-तत्र मडारिरहेको, तब हुन्छु आफै झसङ्ग, म यहाा... किन ? अचम्मित हुादै समालिन खोज्छु सक्दिन । तिर्खा ज्यादै लागेको हुन्छ, जसले गर्दा सास फेर्न पनि गाह्रो भइरहेको हुन्थ्यो । हैन मलाई गोली त लागेको छैन भनी उठ्न खोज्छु उठ्नै सक्दिना । किन यस्तो भयो भनी आफ्नै शरीरलाई नियालेर हेर्दा त दुबै हात अनि एउटा खुट्टामा गोली लागेको रहेछ । कल्पनै गर्न नसक्ने गरी रक्त आहालमा पाउाछु आफैलाई । निरन्तर गोलीका पर्राहरु छुटिरहेका थिए । काला बादलमा मुस्लाहरु उठिरहेका थिए । यता परिस्थिति तीब्र रूपमा प्रतिकुल तिर बहकिरहेको हुन्छ । ती क्षतविक्षत हातहरुलाई सम्हाल्दै घिस्रदै-घिस्रदै ओरालो लाग्छु । उता सयौं बन्दुकको मोजलबाट अनगिन्ति रातो गोलीहर प्रतिस्पर्धामा आगोको झिल्कासरी निस्किन्रहेका थिए, ऐया ۠आत्थाको चित्कारहरुले गुञ्जायमान थिए सारा वस्तीहरु । म कुनै निश्चित गन्तव्यको निर्धारण नगरी अघि बढ्दे प्रयास गरिरहन्थे । स्वास-प्रस्वासमा झन्-झन् समस्या हुादै गइरहेको हुन्छ । पानी प्यासले ज्यादै च्यापेको हुन्छ, सायद शरीरमा रगत सिद्धिदैं गएर होला । असाध्यै कष्टकर स्थितिमा जाादा जाादै संजोगले एउटा घरमा पुगें । लगभग २० मिनेटसम्म लाग्ने दूरीमा ३ घण्टा जति लगाएर त्यहाा पुगेछु ।

त्यहाा पुग्दा आमाहरु झ्यालबाट चियाएर त्यतै अपि्रय दृश्य हेरिरहनुभएको रहेछ । म अचानक पुग्दा छक्क पर्नुभयो र मेरो स्थिति देख्दा आत्तिनुभयो, डराउनुभयो । मैले नआत्तिनुहोस् मलाई केही भएको छैन सामान्य गोली लागेको छ । बरु मलाई पानी दिनुहोस् भने, बुढी आमाले पानी दिनुभयो, पिएा थोरै सास फेर्न सजिलो भएजस्तो भान हुन्थ्यो । अलि-अलि गर्दै अवस्था अन्तिम हुादै जाादै थियो कि विना सहारा कुनै जानसक्ने स्थिति पूरै सिद्धिदै गएको थियो । त्यही रहने परिस्थिति पनि थिएन । उता गिद्धहरु हवाई र पैदलबाट सिनो खोजिरहेका थिए, जथाभावी निर्दोष जनतामाथि हत्या, लुटपाट, आतङ्क मच्चाइरहेका थिए । यता हामी कहिले ढुङ्गाको ओडार, कहिले उजाड जङ्गल भने कहिले झुप्राहरुमा आश्रय लि्रदै उपचार अनि कमरेडहरुको प्रतीक्षामा दोबाटो हेरिरहन्छौ । तर विडम्बना गाउाघरको प्रायः युवादेखि लिएर बुढापाका केटाकेटीसम्मको घरवास छैन भन्ने खबर आउाथ्यो । त्यस्तो परिस्थितिमा पनि केही महान जनताहरुको सहयोगद्वारा १० दिनपश्चात पााचथर जिल्लाको कुनै गाउामा मेरो प्राथमिक उपचार हुन्छ । त्यसपछि पनि अत्याधिक जटिलताको बीचबाट दिनहरु गुजि्ररहेका थिए । अचानक एकदिन सबेरै त्यही घटनामा हुनुहु

 
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free